हकप्रद निष्कासनका लागि लिवर्टी ईनर्जीको बुक क्लोज मिति तय

९ कार्तिक २०८१, शुक्रबार ११:२७

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि कात्तिक २१ गते एक दिन बुक क्लोज गर्ने भएको छ । तसर्थ कात्तिक २० गतेसम्म कायम शेयरधनीले कम्नपीको हकप्रद खरीद गर्न पाउँने भएका छन् ।

कम्पनीले १ः०.५० को अनुपात अर्थात एक कित्ता साधारण शेयर बराबर ०.५० कित्ताका दरले हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले ७५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँका दरले ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*