निर्धन उत्थान लघुवित्तले सार्वजनिक गर्यो ऋण नतिर्ने १२५ ऋणीहरुको नाम (सूचीसहित)

९ कार्तिक २०८१, शुक्रबार १०:५५

काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले समयमा ऋण नतिर्ने १२५ ऋणीहरूको नाम सार्वजनिक गरेको छ। संस्थाले पटक–पटक मौखिक र लिखित रुपमा सचेत गराउँदा पनि उनीहरूले लिएको ऋण तिर्न चासो नदेखाएपछि यो कदम उठाइएको हो।

संस्थाले ऋणीहरूलाई ३५ दिनको समयसीमा तोक्दै, यस अवधिमा सम्पर्क गरी बक्यौता चुक्ता गर्न सूचना जारी गरेको छ। समयमा भुक्तान नगरेमा कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम समावेश गरिने र धितोमा रहेका चल(अचल सम्पत्तिहरू लिलाम विक्री गरी रकम असुली गरिने चेतावनी पनि दिएको छ।

लघुवित्त संस्थाले सार्वजनिक गरेको सूचनामा उल्लेख गरेअनुसार, ऋणीहरूले लिएको ऋण धितो सुरक्षा राखेर वा सामूहिक जमानीमा प्राप्त गरेका थिए। तर, उनीहरूले लिएको ऋणको साँवा, ब्याज र अन्य सम्बन्धित रकम समयमै नतिर्दा, यसले संस्थाको सर्त उल्लङ्घन गरेको बताइएको छ।

धितोमा रहेका सम्पत्तिहरू लिलामी गर्ने चेतावनीसहित, यस सूचनाबाट सम्बन्धित ऋणीहरूलाई समयमा सम्पर्क गरी आफ्नो बक्यौता भुक्तान गर्न आह्वान गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*