सरकारको एक सय दिनको प्राथमिकतामा परेको पुँजीबजारको खबरले पनि शेयर बजारमा देखिएन सुधार

८ कार्तिक २०८१, बिहीबार १५:१५

काठमाडौं ।  सरकारको १ सय दिन सकिएको प्रगति विवरण आँउदा पनि शेयर बजार उकालो लाग्न सकेन ।

प्रधानमन्त्रधी केपी शर्मा ओली देखि अर्थमन्त्रालयले १ सय दिनको अवसरमा शेयर बजारको मुख्य एजेण्डा बनाएर सुधारको संकेत दिएको बजार यो साता घटेर नै ओरालो लागेर बन्द भएको छ।

साताको अन्तिम कारोबारको दिन नेप्से १८ दशमलव २५ अंकले ओरलो लाग्दा २६२७। १४ को विन्दुमा कायम भएको छ।

सूचीकृत ३१७ कम्पनीको १ करोड २३ लाख ८३ हजार ६ सय २३ कित्ता शेयर खरिदबिक्रि हुँदा ५ अर्ब ४१ करोडको शेयर कारोबार भएको छ।
आज हाईड्रोपावर बाहेक सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*