रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

८ कार्तिक २०८१, बिहीबार १४:५६

काठमाडौं । कास्की जिल्ला अदालतले सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्ती तथा रास्वपाका सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

रवि गत शुक्रबार साँझ काठमाडौंबाट पक्राउ परेका थिए । शनिबार बिदा भएकाले आइतबार अदालतमा उपस्थित गराइएको थियो । अदालतले पहिलोपटक पक्राउ परेको समयदेखि ६ दिन हिरासतमा लिएर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा गएको र अपचलन गरेको अभियोगमा लामिछाने पक्राउ परेका हुन् । उनलाई सहकारी ठगी तथा संगठित अपराधपमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

पहिलो पटक दिएको म्याद सकिएपछि प्रहरीले म्याद थप गर्न आज रविलाई अदालतमा उपस्थित गराएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*