राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओ बन्न ४ जनाको आवेदन

८ कार्तिक २०८१, बिहीबार १३:५१

काठमाडौँ । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको लागि चार जनाले आवेदन दिएका छन् ।

कम्पनीका अनुसार सीइओ पदमा आवेदन दिनेहरुमा महेश रिमाल, सुवास कोइराला, रामनाथ यादव र बुद्धकाजी श्रेष्ठ रहेका छन् । जसमध्ये महेश रिमाल हाल सोही कम्पनीका कार्यबाहक सिइओको जिम्मेवारीमा रहेका छन् । त्यस्तै, तत्कालिन समयमा राष्ट्रिय बीमा संस्थान रहेको बेला कोइरालाले बीमा विज्ञको रुपमा पनि काम गरिसकेको अनुभव छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदपूर्ति समितिले असोज १६ गते सूचना जारी गर्दै सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र आवेदन दिन भनेको थियो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*