२५ सेसन सहित अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलन सम्पन्न

८ कार्तिक २०८१, बिहीबार १३:३८

काठमाडौं सोमबारदेखि सुरु भएको पाँच दिने अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनमा २५ वटा सेसनमा गहन र फराकिलो बिषयमा छलफल हुँदै चार दिनको सेसन आज काठमाडौंमा सम्पन्न भएको छ।

भोलि फिल्ड भिजिट पश्चात्सम्मेलन समापन हुनेछ । काठमाडौंको काठमाडौंको कागेश्वरी मनहरामा फिल्ड भिजट कार्यक्रम रहेको छ। सो कार्यक्रममा सहभागी इच्छुकहरुले सहभागी हुन पाउनेछन् ।

जसमा आज सम्मेलनमा सहभागीहरुले सहभागी जनाउने प्रतिकृया दिनुपर्नेछ । भोलि उक्त कार्यक्रम बिहान ९ बजेदेखि ४ बजेसम्म हुनेछ ।

म्युनिख रसिँगको सहकार्यमा नेपाल बीमक संघ, जीवन बीमक संघ नेपाल, नेपाल लघु बीमक संघको आयोजनामा सुरु भएको पाँच दनिे अन्तर्राष्ट्रयि समावेशी बीमा सम्मेलनमा पाँच सय भन्दा बढी बीमा विज्ञ तथा प्रतनिधिहिरु सहभागीतामा सुरु भएको २५ सेसन र प्रस्तुतीकरण सम्पन्न भएको हो ।

नेपाल बीमा प्राधिकरणका पुजन ढंगेलले सम्मेलन प्रभावकारी बनाउन सहयोग गर्न सहयोग गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेकी छिन् । साथै सम्मेलनमा उठेका बिषयले नेपाली बीमा बजारमा सहजता आउनेमा विश्वास रहेको बताएकी छिन् ।

 

पत्रकार सम्मेलनमा म्यूनखि रि फाउण्डेशनका उपाध्यक्ष डिर्क रेनहार्डले न्यून आय भएका जनतामा बीमाबारे सचेतना जगाउन देखि माईक्रो इन्स्योरेन्सदेखि बीमाको बजारमा अन्तरदेशिय छलफलले सम्मेलनलाई केही पृथक भूमिका निर्वाह गरेको कारण कार्यक्रम आयोजक देखि सम्पूर्ण व्यवस्थापनमा खटिएका टिमलाई धन्यवाद दिएका थिए ।

माईक्रो इन्स्योरेन्स नेटवर्कका अध्यक्ष लोरेन्जो ओ चानले अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलन नेपालकै लागि ऐतिहाुसिक अवसर दिने र कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गरेकोमा कार्यक्रम अयोजक टिमलाई धन्यवाद दिएका छन् ।
सम्मेलनमा समाजमा आर्थिक रूपमा पछि परेका वर्ग र एंव अवलम्बनलगायत मुख्य विषयमा विभिन्न कार्यपत्र प्रस्तुतिका साथै अन्तरक्रिया पनि गरिएको थियो ।

सम्मेलनमा जलवायु जोखिम बिमा, लघुबिमामा डिजिटल प्रविधि अवलम्बन र समावेशी बिमाका क्षेत्रमा आइपर्ने अवरोधहरू हटाउनेसम्बन्धी रणनीतिलगायत विषयमा सहभागीहरूबीच छलफल भएको थियो ।
विभिन्न सत्रमा जलवायु परिवर्तन र प्रकोप जोखिम वित्त व्यवस्थापन, बिमा क्षेत्रका चुनौती तथा अवसरहरू, बिमाको अन्तर र बिमाको पहुँच विस्तारमा डिजिटल प्रविधिको विकास एंव अवलम्बनलगायत मुख्य विषयमा विभिन्न कार्यपत्र प्रस्तुतिका साथै अन्तरक्रिया पनि गरिएको थियो ।

सम्मेलनमा नेपाललगायत विभिन्न देशका बिमा क्षेत्रका नियामक निकाय, सम्बन्धित निकाय, विकास साझेदार, गैरसरकारी संस्था र बिमा क्षेत्रका विज्ञहरू गरी चार सयभन्दा बढीको सहभागिता छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*