नेपाल वेयरहाउजिङ्ग कम्पनीको विशेष साधारण सभा सम्पन्न, हकप्रद निष्काशन प्रस्ताव पारित

८ कार्तिक २०८१, बिहीबार १२:४१

काठमाडौँ । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष आनन्द कुमार अग्रवाल बागरियाको अध्यक्षतामा बसेको सभा कात्तिक ७ गते अमृतभोग क्याटरर्स प्रालि, कालिकास्थानमा सम्पन्न भएको हो ।

सभाले पूँजी वृद्धि गर्न हकप्रद शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका अन्य प्रस्तावहरु पारित गरेको छ । सभाबाट हकप्रदको प्रस्ताव पारित भएसँगै कम्पनीले अब यसका आधारभूत पक्षहरूको कामलाई निरन्तरता दिने बताएको छ ।

विशेष साधारण सभा प्रयोजनको लागि कम्पनीले कात्तिक २ गते एक दिनको लागि बुकक्लोज गरेको थियो । यसको अर्थ कात्तिक १ गतेसम्म कायम शेयरधनीहरुमात्र विशेष साधारण सभामा सहभागि भएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*