नेशनल लाइफ: पेशागत बीमा अभिकर्ता संघको मधेश प्रदेश कमिटी गठन, अध्यक्षमा खड्का

८ कार्तिक २०८१, बिहीबार ११:००

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले पेशागत बीमा अभिकर्ता संघको मधेश प्रदेश स्तरीय कमिटी गठन गरेको छ । कम्पनीको मधेश प्रदेश स्तरिय भेला बिहीबार बर्दिबास १ महोत्तरीमा रहेको होटेल रेड क्राउनमा सम्पन्न भएको हो ।

उक्त भेलाले माधब कुमार खड्काको नेतृत्वमा २१ सदस्यीय मधेश प्रदेश कमिटी चयन गरेको छ । पेशागत बीमा अभिकर्ता संघ बिमक नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बरिष्ठ उपाध्यक्ष दिपा वलीको सभापतित्व एवं पेशागत बीमा अभिकर्ता संघका केन्द्रिय उपाध्यक्ष दिपक अर्यालको प्रमुख आतिथ्यतामा र प्रदेश प्रमुख भेला साहको उपस्थितीमा भेला सम्पन्न भएको कम्पनीले जनाएको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा आवद्ध अभिकर्ताहरुको व्यावसायिक सुरक्षा हकहित र एकताको निम्ति देशैभरी सातै प्रदेशमा कमिटी विस्तार गर्ने संघको अभियान अनन्तर्गत मधेश प्रदेशमा दोस्रो पटक प्रदेश स्तरीय कमिटी गठन गरिएको हो ।

नेशनल लाइफ बीमक समिती सह सचिवको तर्फबाट यतीराज अधिकारीले निर्वाचित कार्यसमितीलाई हार्दिक बधाइ ज्ञापन गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*