लाभांश पारित गर्न आशा लघुवित्तले बोलायो साधारणसभा

८ कार्तिक २०८१, बिहीबार ०९:५१

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वार्षिक साधारणसभा मंसिर ७ गते शुक्रबार बोलाएको छ । कात्तिक ८ गते बिहान बसेको सञ्चालक समितिको बैठकले बनेपा–७ स्थित होटल उग्रचण्डीमा दिउँसो ३ बजे सभा बस्ने निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) स्वीकृत गर्नेछ । यसका साथै वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि र अन्य उपयुक्त संस्थासँग मर्जर र सो सम्बन्धी अन्य आवश्यक कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि रहेका छन् ।

सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २५ गते १ दिनका लागि बुक क्लोज गर्नेछ । यसका आधारमा कात्तिक २१ गतेसम्म कायम शेयरधनीहरू सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*