फरवार्ड माइक्रोफाइनान्सको शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य ५४२ रुपैयाँ

८ कार्तिक २०८१, बिहीबार ०९:२०

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी साना किसान विकास लघुवित्तको नाममा रहेको ३४ हजार ८२०.६५ कित्ता शेयर लिलाम मार्फत बिक्रीमा राखेको हो ।

उक्त शेयर संस्थापक र सर्वसाधारण सबैले खरीद गर्न पाउँछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५४२ रुपैयाँ तोकिएको छ । शेयर खरीदका लागि आवेदन दिँदा घटीमा १ हजार कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिनेछ ।

आवेदन आज कात्तिक ८ गतेदेखि मंसिर १२ गते दिउँसो ३ बजेभित्र बिक्री प्रबन्धक लक्ष्मी सनराईज क्यापिटलको कार्यालयमा दिइसक्नु पर्नेछ । उक्त अवधिमा प्राप्त बोलपत्रहरू मंसिर १६ गते बिहान ११ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*