डलरको भाउ हालसम्मकै उच्च, कति छ अन्य मुद्राको विनिमयदर?

८ कार्तिक २०८१, बिहीबार ०८:११

काठमाडौं । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज आज एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ २४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८४ पैसा कायम भएको छ । अघिल्लो दिन बुधबार पनि उच्च विन्दुमा रहेको अमेरिकी डलरले आज पुनः थप उचाई कायम गरेको हो ।

आज एक यूरोको खरिददर १४४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३३ पैसा तोकिएको छ भने एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ २० पैसा र बिक्रीदर ८९ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ं रुपैयाँ ७१ पैसा छ भने एक मलेसियन रिंगिटको खरिददर ३० रुपैयाँ ८६ पैसा र र बिक्रीदर ३१ रुपैयाँ कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*