आरएसडीसी लघुवित्तको नाफामा गिरावट

८ कार्तिक २०८१, बिहीबार ०७:०७

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष (आव) २०८१।८२ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको प्रथम त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ३५.९९ प्रतिशत घटेको भएको छ । गत आवमा कम्पनीले ४ करोड ७ लाख रुपैयाँ कमाएकोमा चालु आवमा घटेर २ करोड ६० लाख रुपैयाँमा झरेको हो ।

चालु आवमा कम्पनीको सञ्चालन नाफा घटेसँगै खुद नाफामा दबाब परेको हो । गत आवमा कम्पनीको सञ्चालन नाफा ५ करोड ८१ लाख रुपैयाँ रहेकोमा चालु आवमा ३५.८६ प्रतिशतले घटेर ३ करोड ७२ लाख रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ६ करोड ८१ लाख रुपैयाँबाट घटेर ६ करोड ४० लाख रुपैयाँमा झरेको छ । खराब कर्जा १.०८ प्रतिशत बढेर २.५७ प्रतिशत पुगेको छ भने आधारदर २.७९ प्रतिशतले घटेर ९.२० प्रतिशत कायम भएको छ ।

चालु आवको असोज मसान्तसम्म आइपुग्दा कम्पनीको वितरणयोग्य नाफा ११ करोड १८ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी (नोक्सान) ११ रुपैयाँ ५ पैसा, प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ४५ पैसा, पीई रेसियो ६७.७५ र तरलता अनुपात ०.५२ प्रतिशत छ ।

कुल चुक्ता पूँजी ९४ करोड ४३ लाख रुपैयाँ रहेको यस कम्पनीको चालु आवको प्रथम त्रैमासम्म आइपुग्दा रिटेन्ड अर्निङमा ११ करोड १८ लाख र रिजर्भमा १७ करोड ५७ लाख रुपैयाँ छ भने ग्राहकमा १ करोड १९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*