चितवनमा दुई ट्रक र एक ट्याङ्कर ठोक्किँदा एक जनाको निधन, दुई जना घाइते

७ कार्तिक २०८१, बुधबार १७:२४

काठमाडौं । चितवनमा दुई वटा ट्रक र एउटा ट्याङ्कर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा गएराति दुई वटा ट्रक र एउटा ट्याङ्कर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मधेश प्रदेश ०३–००२ ख १४३९ नम्बरको ट्रक चालक मकवानपुरगढी गाउँपालिका–२ बस्ने अन्दाजी २६ वर्षीय अनिश स्याङतान रहेका छन् । उनको उपचारको क्रममा भरतपुर अस्पतालमा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् ।

घाइते हुनेमा सोहि ट्रकका सहचालक २३ वर्षीय आशिष स्याङतान रहेका छन् । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने ट्याङकर चालक मकवानपुर हेटौंडा–१९ नेवारपानी बस्ने बर्ष ३६ को सुदिप तामाङ गम्भिर घाइते भई चितवन मेडिकल कलेजमा उपचाररत छन् ।

ना६ख ४६२४ नम्बरको ट्रक चालक धादिङ गजुरी गाउँपालिका–२ बस्ने वर्ष ३७ को दिपक रोक्कालाई इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले नियन्त्रणमा लिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*