१५५ वटा कम्पनीको शेयरमूल्यमा भारी गिरावट

७ कार्तिक २०८१, बुधबार १५:१७

काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २०.४१ अंकले घटेर २६४५.३९ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेसँगै १५५ वटा कम्पनीको शेयरमूल्यमा भारी गिरावट आएको छ । जसमा महुली लघुवित्त र हिमालयन बैंकको ४ प्रतिशतले सर्वाधिक प्रतिशतले घटेको छ ।

त्यस्तै, सिटिजन्स बैंक, ग्रीन भेन्चर्स लिमिटेड, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लगायतको शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*