प्रभु महालक्ष्मी लाइफका व्यतित बीमालेख नविकरण गर्दा छुट पाइने, यसरी लिनुहोस मौकाको फाइदा

७ कार्तिक २०८१, बुधबार १५:२४

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखहरु नविकरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गरेको छ । उक्त छुट सुविधा आज अर्थात कात्तिक ७ गतेदेखि ३० गतेसम्म लागु हुनेछ ।

कम्पनीले एक सूचना जारी गर्दै तोकिएको समयसम्म नविकरण गराएमा बिलम्व शुल्कमा अधिकतम् ७५ प्रतिशतसम्म छुट प्रदान गरिने जनाएको हो ।

कम्पनीका अनुसार २ वर्षभित्र व्यतित बीमालेखहरुमा ७५ प्रतिशतसम्ँम छुट पाइने छ । साथै, २ वर्षदेखि ३ वर्ष अवधिसम्म व्यतित बीमालेखहरुमा ५० प्रतिशत र ३ वर्षभन्दा बढी अवधिदेखि व्यतित बीमालेखहरुमा २५ प्रतिशतसम्म छुट दिने कम्पनीले जनाएको छ ।

उक्त छुट योजनामा समावेश भई नविकरण गरेका बीमालेखहरु २ वर्ष भित्र समर्पण गरेको खण्डमा छुट रकम पनि अशुल गरिने कम्पनीले जनाएको छ ।

साथै कम्पनीले सो अवधिमा बाँकी रहेका नविकरण बीमाशुल्कहरु भुक्तानी गरी बीमालेखरु सक्रिय बनाउन सम्पूर्ण बीमित तथा अभिकर्ताहरुलाई अनुरोध गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*