स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

८ कार्तिक २०८१, बिहीबार ०६:२०

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (कात्तिक ८ गते) अन्तिम दिन हो । वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोलि कात्तिक ९ गते बुक क्लोज गर्देछ । तसर्थ आजसम्म कायम शेयरधनीमात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने घोषणा गरेको छ । घोषित लाभांश पारित गर्न कम्पनीले कात्तिक ३० गते शुक्रबार बिहान ११ बजे लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा तेइसौं वार्षिक साधारणसभा बोलाएको छ ।

साथै सभाले गत आवको वित्तीय विवरणहरू पारित गरी चालु आवका लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने, एक जना सञ्चालकको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, मर्जर प्रक्रियामा जानका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावहरू पनि पारितका लागि पेश गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*