नयाँ ध्रुवीकरणमा विश्व : भारत, चीनसहित इरानका नेता रुसमा, नेपालको समर्थन कता ?

७ कार्तिक २०८१, बुधबार १२:१३

काठमाडौं । विश्वको ध्यान अहिले रुसको कजान सहरमा भइरहेको ब्रिक्सको १६ औं शिखर सम्मेलनतर्फ छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो भूमिमा उदयीमान मुलुकका प्रमुखहरुलाई स्वागत गरेका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, टर्की राष्ट्रपति रेसेप तैयप एर्दोगान, इरानी राष्ट्रपति मसुद पेजेस्कियान, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसालगायतका आइडल नेताहरूसँग पुटिनले हात मिलाएसँगै विश्व ध्रुवीकरणको औपचारिक सुभारम्भ भएको रुपमा लिन थालिएको छ ।

दुर्घटनामा परेर घाइते ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा भिडियो लिंकमार्फत सम्मेलन एटेण्ड गर्ने भएका छन् । तीन दिन चल्ने ब्रिक्स शिखकर सम्मेलनले विश्व शक्ति राष्ट्र एवं युरोपेली संघको बर्चश्व अन्त्य गर्न उदयीमान राष्ट्रहरुलाई ध्रुवीकृत गर्ने रणनीतिक महत्वको घोषणापत्र जारी गन तथा पश्चिमाहरुलाई चुनौतिको संदेश प्रवाह गर्ने अनुमान गरिएको छ ।

विश्व जगतमै उदीयमान पाँच अर्थतन्त्र ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाले सन् २००९ मा अमेरिका तथा पश्चिमा देशहरूको संगठन ‘जी-७’को प्रतिस्पर्धी संगठनका रूपमा ब्रिक्स गठन गरेका थिए  । संगठनमा हालै पश्चिम एसिया र उत्तर अफ्रिकाका देश थपिएका छन् ।

गत जनवरीमा ब्रिक्सको सदस्य बनेका इरान, इजिप्ट, इथियोपिया, साउदी अरब र युनाइटेड अरब इमिरेट्स (यूएई) सदस्य राष्ट्रको हैसियतमा पहिलो पटक सम्मेलनमा सहभागी भएका छन् । टर्की, मलेसिया र अजरबैजानले समेत सदस्यताका लागि आवेदन दिएका छन् भने अन्य देशले पनि ब्रिक्समा आवद्ध हुन साचो देखाएका छन् । ब्रिक्समा आवद्ध देशमा मात्रै विश्वको ४५ प्रतिशत जनसंख्याको हिस्सा छ भने विश्व अर्थतन्त्रको करिब २८ प्रतिशत हिस्सा ओगटेको छ ।

उता, युरोपेली संघले अघि सारेको जी–७ मा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका, यूके आवद्ध छन् । ब्रिक्सको केन्द्र भागमा रहेको भारत समेतले युरोपेली युनियनसँगको अलाइन्स तोडेर रुसी अलाइन्स रोजेपछि पश्चिमाहरु भने थप सशंकित भएका छन् । अमेरिकाले यो ब्रिक्सको नयाँ ह्वीमले आफ्नो राष्ट्रपति निर्वाचन समेत प्रभावित पार्ने आँकलन गर्दै राष्ट्र संघ र युरोपेली संघमा आवद्ध राष्ट्रहरुमार्फत दबाब बढाउने रणनीति लिएको छ ।

रुसी राष्ट्रपति पुटिन एसियालाई केन्द्र भागमा राखेर असंलग्न राष्ट्रहरु समेतलाई समेट्दै वर्ल्ड अर्डर नै चेन्ज गर्ने अभियानको नेतृत्व गर्न खोजिरहेका छन् । त्यसैको थालनी स्वरुप उनले ऐतिहासिक कजान सहर रोजेर ब्रिक्सको शिखर सम्मेलन गरेका अन्तर्राष्ट्रिय मामिलाका एक जानकारले बीमापोष्टलाई बताए ।

उनका अनुसार रणनीतिक महत्वका कतिपय कुराहरु लेख्य वा दस्तावेजीकरण गरिंदैनन् । स्ट्राटेजिक कतिपय कुराहरु लुप्त हुन्छन्, उनले भने, ‘तिनको कार्यान्वयनका लागि विभिन्न विकल्पहरु दिइएका हुन्छन् । वर्ल्ड अर्डर (विश्व चैनरुल) नै चेन्ज गर्ने गरीको ध्रुवीकरण रुसी अलाइन्सको मुख्य रणनीति हो । त्यसो गर्न तत्काल सम्भव नहुनसक्छ । त्यसको परीक्षणका लागि समय लाग्छ । तर, अहिले गरिएको ध्रुवीकरणले निकट भविष्य मै कम्तिमा पनि अमेरिका र युरोपियन बर्चश्व अन्त्य गर्न सकिने निचोडमा क्रेमलिन पुगिसकेको छ ।’

ब्रिक्स राष्ट्रहरुकाबीच डलरलाई प्रतिस्थापन गरेर नयाँ करेन्सीलाई बाइल्याटरल फाइनान्सिङमा स्थापित गर्ने विषयमा सहमति भइसकेको ती जानकारले बताए । उनका अनुसार ब्रिक्समा आवद्ध उदयीमान राष्ट्रहरु डलरलाई पूर्ण रुपमा प्रतिस्थापन गर्ने रणनीतिका साथ अघि बढेका छन् भने कतिपयले चिनियाँ करेन्सीलाई नै बाइल्याटरल फाइनान्सिङमा प्रयोग नै गरिसकेका छन् ।
यी मुलुकहरुले सांस्कृतिक, सामाजिक र आर्थिक पक्ष मिल्ने सबैजसो राष्ट्रहरुलाई एकतृत गर्न खोजेका छन् । विश्व अर्थतन्त्रको चेन नै ब्रेक गर्ने गरी पश्चिमाहरुको ऋणले थलिएका राष्ट्रसमेतलाई उनीहरुले सफ्ट लोनको प्याकेज ल्याउने स्ट्राटेजी अपनाएका छन् ।

ब्रिक्स सदस्य राष्ट्रहरूले १६औं शिखर सम्मेलनलाई नेताहरूको भेला गर्ने थलो मात्र नभई विश्वव्यापी शासन र आर्थिक चेनलाई पुनाःकार दिने सामूहिक प्रतिवद्धताको अभूतपूर्व अवसरका रुपमा उपयोग गर्ने योजना बनाएका छन् । उनीहरुले आर्थिक सहयोग तथा वैकल्पिक भुक्तानी प्रणालीजस्ता महत्वपूर्ण मुद्दामा अर्थपूर्ण छलफल गर्ने बताइएको छ ।

उदयीमान अर्थतन्त्र भएको भारत नै युरोपेली संघको विकल्प खोज्न तयार हुँदा नेपाल असंलग्न राष्ट्रको निद्राबाट व्यूँझिनु पर्ने जानकारहरुले बताएका छन् । अन्तर्राष्ट्रिय अर्थ मामिलाका एक जानकारका अनुसार नेपालमा पश्चिमा राष्ट्रहरुको लोन हिस्सा ८७ प्रतिशत भन्दामाथि छ र जुन वर्षौंदेखि जारी छ । जसले राष्ट्रिय अर्थतन्त्र निर्माणमा कुनै उपलब्धि गर्न सकेको छैन । राष्ट्रिय अर्थतन्त्र वा पूँजी निर्माण गर्ने हो भने नेपालले पनि पश्चिमा ऋण र अनुदानको निरन्तरतामा क्रमभङ्ग गर्न जरुरी रहेको ती जानकारले बीमापोष्टलाई बताए ।

टेक्नोलोजी वारको परीक्षण भइरहेको अवस्थामा पुरानै ढर्राको सामरिक, भूराजनीतिक, सैन्य र इकोनोमिक रणनीतिभन्दा माथि सोच्नु पर्ने उनको सुझाव छ । पश्चिमा देशसँग तनाव जारी रहेको अवस्थामा रुसले आफ्ना विश्वव्यापी सहयोगी एवं समर्थकहरूसँग काँधमा काँध मिलाएर उभिने प्रयास गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*