एनएलजी इन्स्योरेन्सको विशेष सभा सम्पन्न, हकप्रद प्रस्ताव पारित

७ कार्तिक २०८१, बुधबार १२:०६

काठमाडौं । एनएजली इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारणसभा आज कात्तिक ७ गते सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष बिमल प्रसाद वाग्लेको अध्यक्षतामा बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा सभा सम्पन्न भएको हो ।

सभाले चुक्ता पूँजीको १० शेयर बराबर ६.२५६ शेयर अुनपात अर्थात् ६२.५६ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । सभाबाट हकप्रदको प्रस्ताव पारित भएसँगै कम्पनीले अब यसका आधारभूत पक्षहरूको कामलाई निरन्तरता दिने बताएको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउनका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

विशेष सभा प्रयोजनार्थ कम्पनीले असोज २२ गते १ दिनका लागि बुक क्लोज गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*