प्रभु क्यापिटलले बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गरिने

७ कार्तिक २०८१, बुधबार ११:५७

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले साह्रौं वार्षिक साधारणसभा कात्तिक ३० गते शुक्रबार बोलाएको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको कमलादीस्थित रोयल सिङ्गी होटलमा दिउँसो १ बजे सभा बोलाएको हो ।

सभामा गत आर्थिक वर्षमा प्राप्त मुनाफाबाट शेयरधनीहरूलाई कर सहित ७.३६८४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारितका लागि पेश गरिने योजना रहेको छ ।

यस्तै गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू समावेश छन् ।

साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव समेत सभामा पेश गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*