राष्ट्र बैंकको कारवाहीमा परे दुई वटा बाणिज्य बैंक, कुन कुन ?

७ कार्तिक २०८१, बुधबार ११:३६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई नियम उल्लंघनका कारण कारवाही गरेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र प्रभु बैंकलाई सचेत गराइएको हो।

राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई बैंक खाता खोल्ने र सञ्चालन गर्दा पर्याप्त सावधानी नअपनाएको देखिएपछि कारवाहीस्वरूप सचेत गराएको छ। यो कारवाही नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत दफा १०० को उपदफा (१) (क) को आधारमा गरिएको हो।

त्यस्तै, प्रभु बैंकलाई लकर रोक्का राख्नका लागि दिइएको निर्देशन पालना नगरेको भन्दै राष्ट्र बैंकले सोही ऐनको दफा अनुसार सचेत गराएको छ। बैंकहरूले नियम उल्लंघन गरेमा राष्ट्र बैंकले कारवाही गर्ने अधिकार राखेको छ, र यस प्रकारको कारवाहीले बैंकिङ प्रणालीमा अनुशासन कायम गर्ने प्रयास भएको राष्ट्र बैंकको भनाइ छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*