शिखर इन्स्योरेन्सले आधाभन्दा बढी बाढीपहिरो पीडितलाई दियो दाबी भुक्तानी

७ कार्तिक २०८१, बुधबार १०:४८

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले केही साताअघि परेको अविरल बर्षाका कारण आएको बाढीपहिरोबाट पीडित आधाभन्दा बढी बीमितहरूलाई  दाबी भुक्तानी दिएको छ ।

बाढीपहिरोका कारण धनजनको क्षति भएपछि कम्पनीमा बीमितहरूले दाबीका लागि निवेदन दिएका थिए । यसरी बाढीपहिरो पीडितबाट परेको दाबीहरूमध्ये ६० प्रतिशत दाबीको भुक्तानी भइसकेको कम्पनीले जानकारी दिएको हो ।

साथै क्षति यकिन गरी दाबी रकम निर्क्यौल गर्नका लागि केही दाबीहरूमा बीमितबाट आवश्यक काजगात आइनसकेकाले जतिसक्दो छिटो कागजात उपलब्ध गराउन समेत आग्रह गरेको छ ।

साथसाथै कम्पनीबाट नियुक्त भएका बीमा सर्भेयरहलाई समेत यथाशीघ्र सर्भे प्रतिवेदन पेश गरी शिघ्र दाबी व्यवस्थापनमा सहयोग पुर्याउन आग्रह गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*