एनएमबि बैंकको वित्तीय सूचकमा लोभलाग्दो प्रगति, अधिकांश सूचकमा ग्रोथ

७ कार्तिक २०८१, बुधबार ०९:१४

काठमाडौँ । एनएमबि बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा सुधार देखिएको हो ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकले १ अर्ब ४५ करोड ५६ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा १८.९४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ९६ करोड ३२ लाख ९ हजार रुपैयाँ पुगेको हो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २ अर्ब २३ करोड ४ लाख रुपैयाँबाट घटेर १ अर्ब ९९ करोड ७९ लाख पुगेको छ ।

यता, कम्पनीको संचालन नाफा २६.५३ प्रतिशतले बढेर १ अर्ब ७४ करोड ८६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा १ अर्ब ३८ करोड १९ लाख रुपैयाँ मात्र रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ र जगेडा कोष १० अर्ब ८६ करोड, वितरणयोग्य नाफा २८ करोड ३६ लाख र खराब कर्जा ३.६३ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ९५ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*