स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ८६ करोड, ईपीएससहितका अधिकांश वित्तीय सूचकमा बृद्धि

७ कार्तिक २०८१, बुधबार ०८:५५

काठमाडौं ।स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा बैंकले आफ्ना अधिकांश प्रमुख वित्तीय सूचकहरुलाई बलियो बनाउँदै लगेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा बैंकको खुद नाफा ४.१७ प्रतिशतले बढेर ८६ करोड २२ लाख १ हजार रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ८२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी सामान्य अंकले घटेर एक अर्ब १६ करोड रुपैयाँ रहेको छ भने कुल सञ्चालन मुनाफा पनि झिनो अंकले घटेर एक अर्ब ७४ करोड रुपैयाँ रहेको छ ।

इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा यसको खुद नाफा बढेको हो । गत वर्ष २ करोड २ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज असोज मसान्तसम्म आइपुग्दा ५ करोड ७१ लाख रुपैयाँ रिभर्स भएको छ । यता, खुद ब्याज आम्दानी भने १५.७५ प्रतिशतले घटेर १ अर्ब १६ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ ।

नौ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ७५ करोड ६४ लाख रुपैयाँ छ । यसअवधिमा प्रतिसेयर आम्दानी १ रुपैयाँ ४६ पैसाले बढेर ३६ रुपैयाँ ५७ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ १३ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*