चालु आर्थिक वर्षको तीन महिनामा एनआईसी एशिया बैंकको कस्तो छ वित्तीय अवस्था ?

७ कार्तिक २०८१, बुधबार ०८:०२

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा एनआईसी एशिया बैंकले ११ करोड ५ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको उक्त नाफा गत आर्थिक वर्षको तुलनामा ८९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब १ करोड ३ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा घट्दा मुनाफामा प्रभाव बढेको छ । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी ३६ प्रतिशतले घटेर १ अर्ब ९० करोड ६२ लाख रुपैयाँ र संचालन नाफा ८८ प्रतिशतले घटेर १७ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।

बैंकको इम्पेयरमेन्ट चार्ज ६४ करोड ४३ लाखबाट बढेर १ अर्ब १६ करोड पुगेको छ । समिक्षा अवधिमा बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ, जगेडा कोषमा १७ अर्ब ६९ करोड रुपैयाँ र खराब कर्जा २.०८ प्रतिशत रहेको छ ।

असोज मसान्तसम्मको अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ६७ पैसाले घटेर २ रुपैयाँ ९१ पैसा र प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ ७९ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*