नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा ३.८२ प्रतिशत गिरावट

७ कार्तिक २०८१, बुधबार ०७:४४

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार चालु आवको असोज मसान्तसम्म आइपुग्दा बैंकको नाफा ३.८२ प्रतिशतले घटेको हो ।

असोज मसान्तसम्म यस बैंकले १ अर्ब ४६ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५२ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यता बैंकको खुद ब्याज आम्दानी ६.८३ प्रतिशतले घटेर ३ अर्ब ८७ करोड ६७ लाख रुपैयाँमा झरेको छ । जुन गत आवमा ४ अर्ब १६ करोड १० लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा शुल्क र कमिसन आम्दानीमा भने ३०.०९ प्रतिशतले वृद्धि भई ५१ करोड ४२ लाख रुपैयाँ पुगेको छ । यसै अवधिमा कुल सञ्चालन आम्दानी २.५० प्रतिशतले घटेर ४ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको छ । बैंकको सञ्चालन नाफा १९.६३ प्रतिशतले घटेर २ अर्ब ९४ करोड १० लाख रुपैयाँ पुगेको छ भने यस अवधिमा वितरणयोग्य नाफा २५ अर्ब १० करोड ५२ लाख रुपैयाँ ऋणात्मकमा पुगेको छ ।

सार्वजनिक तथ्यांक अनुसार बैंकले असोज महिनासम्म ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी कायम गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा स्थिर रहेको छ । यस्तै, बैंकको सञ्चित नाफा २५ अर्ब १० करोड ५२ लाख रुपैयाँ ऋणात्मक रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा सुधार भएको हो । बैंकको रिजर्भ कोषमा ३१ अर्ब २९ करोड १४ लाख रुपैयाँ रहेको छ ।

ग्राहकको निक्षेपमा ७.४१ प्रतिशतले वृद्धि भई कुल ४ खर्ब ३३ अर्ब ३२ करोड ७९ लाख रुपैयाँ पुगेको छ । ग्राहकलाई प्रवाह गरिएको कर्जा ५.५० प्रतिशतले बढेर ३ खर्ब २४ अर्ब ४४ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १७ रुपैयाँ १६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ३३ पैसा कायम भएको छ । पूँजी कोष अनुपात १३.३७ प्रतिशत रहेको छ भने खराब कर्जा अनुपात १.८६ प्रतिशतबाट बढेर १.९९ प्रतिशत पुगेको छ । आधार दर २.७१ प्रतिशतले घटेर ७.२८ प्रतिशतमा झरेको छ भने कर्जा निक्षेप अनुपात ७८.३६ प्रतिशत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*