वित्तीय सूचकमा बलियो बन्दै माछापुच्छ्रे बैंक, वितरणयोग्य मुनाफा १ अर्ब बढी हुदाँ इपीएस कति ?

७ कार्तिक २०८१, बुधबार ०७:४८

काठमाण्डौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकले अधिकांश वित्तीय सूचकहरुमा सुधार गर्दै वृद्धि गरेको छ ।

समीक्षा अवधिमा बैंकले ५० करोड ३२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७.१४ प्रतिशतले कम हो । बैंकले गत आवको सोही अवधिमा ५४ करोड २३ लाख रुपैयाँ कमाएको थियो ।

असोज मसान्तसम्म बैंकले खुद ब्याज आम्दानी ४.९९ प्रतिशतले बढेर १ अर्ब ४८ करोड रुपैयाँ पुगाउन सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले १ अर्ब ४१ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।

खुद फि तथा कमिशन आम्दानी २२.५१ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ७.१४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २७.६२ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको गैर सञ्चालन खर्च १ करोडबाट बढेर २८ करोड पुगेको छ।

अघिल्लो आवको पहिलो त्रैमासम्म २.५६ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात बढेर ३.१५ प्रतिशत पुगेको छ ।

बैंकको रिटेन्ड अर्निङ १ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । यस्तै बैंकको रिजर्भको आकार ५ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६ करोड रुपैयाँबराबर रहेको छ भने लाभांश क्षमतादर १२.२७ प्रतिशत पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १७.३२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५६.१६ रुपैयाँ, तरलता अनुपात २९.४९ प्रतिशत र कुल सम्पत्तिमा प्रतिफल १.१६ प्रतिशत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*