प्रभु बैंकको सुधारिदो वित्तीय रिपोर्टः नाफा अर्ब क्लबमा, कस्तो छ अन्य सूचकको प्रगति ?

७ कार्तिक २०८१, बुधबार ०७:२३

काठमाडौँ । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा सुधार देखिएको हो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको खुद नाफा ०.६२ प्रतिशत ले बढेर १ अर्ब ४ करोड ६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा बैंकको खुद ब्याज आम्दानी ३.१६ प्रतिशतले बढेर २ अर्ब ६२ करोड ८६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा भने बैंकको खुद ब्याज आम्दानी २ अर्ब ५४ करोड ८० लाख रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १ अर्ब ५४ करोड १५ लाख ६५ हजार रुपैयाँ संचालन मुनाफा गरेको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा उक्त नााफा ८.९२ प्रतिशतले घटेर १ अर्ब ४० करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपैयाँ, रिजर्भ कोषमा १० अर्ब ७ करोड रुपैयाँ, वितरणयोग्य नाफा ३ करोड ४७ लाख रुपैयाँ, खराब कर्जा ४.९४ प्रतिशत रुपैयाँ रहेको छ ।

यता, बैंकको प्रतिशेयर आम्दानी ११ पैसाले बढेर १७ रुपैयाँ ६८ पैसा र प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ९३ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*