दिल्लीबाट काठमाडौं आएको भिस्तारा जहाजमा बम राखेको हल्लापछि सर्च गर्दै नेपाली सेना

६ कार्तिक २०८१, मंगलवार १७:५५

काठमाडौँ । भारतको नयाँ दिल्लीबाट काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको भिस्तारा एवरवेजको जहाजमा बम राखेको सूचना आएपछि नेपाली सेनाले बम खोजि गरिरहेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलाा आज अपराह्न साढे ४ बजेतिर भिस्तारा एयरवेजको जहाजले अवतरण गरेको थियो । सो सूचना दिल्लीबाटै नागरिक उड्यन प्राधिकरणलाई प्राप्त भएको थियो ।

सूचना पाएपछि नेपाली सेनाको बम डिस्पोजल टोली विमानस्थलमा पुगेर सर्च गरिरहेको नेपाली सेनाले जनाएको छ ।

केही दिनदेखि भारतका विमानस्थलमा बम छ भन्दै गलत सूचना प्रवाह गरिरहेका छन् । जसले गर्दा भारतमा हवाइ यात्रा गर्ने नागरिकहरु त्रशित बन्दै गएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*