बीमाले जोखिम हस्तान्तरण मात्र हैन, रिक्स व्यवस्थापनको भूमिका निर्वाह गर्छः म्युनिख रि फाउन्डेसन रिनेट

६ कार्तिक २०८१, मंगलवार १६:२७

काठमाडौं । म्युनिख रि का फाउन्डेसनका चिर्यर रिनेट वेलर्चिले बीमा जोखिम हस्तान्तरणको माध्यम मात्रै नभएर महाविपत्तिमा सरकारलाई आर्थिक सहायता गर्ने माध्यम पनि रहेको बताएकी छिन् ।

असोजमा बाढी पहिरोको कारण नेपालमा भएको क्षतिको बिषयमा पनि उनले कार्यक्रममा अभिव्यक्ति दिएकि थिईन् ।

विश्वभरका ५०० भन्दा बढि बिज्ञ तथा प्रतिनिधिहरु सहभागी भइरहेको अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनको आज विहान भव्य समारोहका बीचमा उनले यस्तो जानकारी दिएकी हुन् ।

बीमाले जोखिम हस्तान्तरण मात्रै गर्दैन् । यसले सरकारलाई पनि रिक्स व्यवस्थापनमा ठूलो सहयोग गर्दछ । सरकारलाई पर्ने महाविपत्तिको भारको साथै बीमाको सचेतनामा पनि यसको महत्व हुने उनको बुझाई छ ।

विश्वभरका ५०० भन्दा बढि बिज्ञ तथा प्रतिनिधिहरु सहभागी गराएर प्रंश्सनीय अतिथीको साथमा स्वागत गरेकोमा बीमक संघदेखि आयोजक टिमलाई उनले धन्यवाद ज्ञापन गरिन् ।

नेपालमा मात्र नभएर जलवायु परिवर्तनले विश्वभर नै असर परेको भन्दै यसबाट प्रभाव परेको भन्दै उनले दुखी व्यक्ति गरेकि थिईन् । जलवायुसँग सम्बन्धीत फरक फरक किसिमको बीमाको अभ्यासबाट कन्फ्रेन्सबाट केही निष्कर्ष निस्कने उनको बुझाई रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*