समावेशी बीमा सम्मेलनपछि नेपालको बीमा क्षेत्र गरिबमैत्री हुने विश्वास लिएको छुः उपराष्ट्रमन्त्री यादव

६ कार्तिक २०८१, मंगलवार १५:४४

काठमाडौं । समावेशी बीमा सम्मेलनपछि नेपालको बीमा क्षेत्र गरिबमैत्री हुने विश्वास गरिएको बताएका छन् । समावेशी बीमा कन्फ्रेन्सले आम जनतामा कसरी पहुँच पुराउने भन्ने बिषयमा उजागर गर्ने वातावरण तय गरेस् भन्दै उनले पाँच दिने कार्यक्रम भव्यताका साथ सफल रहोस् भन्ने शुभकामना दिएका छन् ।

विश्वभरका ५०० भन्दा बढि बिज्ञ तथा प्रतिनिधिहरु सहभागी भइरहेको अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनको आज विहान भव्य समारोहका बीचमा उपराष्ट्रपति राम सहाय यादवले यस्तो बताएका हुन् ।

समाजमा आर्थिकरूपमा पछाडि परेका वर्ग र लघु, साना तथा मझौला उद्योगहरूको वित्तीय जोखिम न्यूनीकरणका लागि समावेशी बीमालाई अगाडि बढाउने सम्बन्धमा सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास रहेको उपराष्ट्रमन्त्री यादवले बताएको हुन् ।

प्राकृतिक विपत्तिमा बीमाले बिशेष महत्व दर्शाएको उपराष्ट्रपति राम सहाय यादवले बताएका हुन् । चाहे भुकम्पको बेलामा होस् वा बाढी पहिरोको कारण विभिन्न क्षेत्रमा पुराएको क्षतिमा बीमाले बिशेष महत्व दर्शाएको जानकारी दिएका हुन् ।

प्राकृतिक जोखिमको बीमा गर्दा सरकारलाई समेत कम भार पर्ने उनले उल्लेख गरे । महाविपत्तिको बीमा देखि नेपाली बीमा बजारमा बीमाको बजार र अन्तराष्ट्रिय अभ्यासको बारेमा यो कन्फ्रेन्सले केही फरक भूमिका निर्वाह गर्न सक्ने बताएका छन् ।

उनले नेपालमा जलवायु परिर्वतनको प्रभावमा नेपालमा धेरै रहेको रहेको भन्दै महाविपत्तिको समयमा बीमाको महत्व धेरै हुने गरेको बताएका छन् ।

बीमा बजार जोखिम हस्तान्तरण गर्ने माध्यम मात्रै हैन । यसले भौगेलिक क्षतिमा सरकारको आर्थिक सहायतामा पनि ठूलो मद्धत गर्ने बिषयमा समेत बताएका थिए। कार्यक्रमले भविष्यमा बीमा क्षेत्रमा हुने प्रभावलाई पनि केलाउन समेत सहयोग गर्ने उनको धारणा रहेको छ।

सम्मेलनमा न्यून आय भएका तथा जोखिममा रहेका परिवारहरू तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बीमालाई परिष्कृत गर्नेलगायतका विषयमा विस्तृत छलफल हुने आयोजकले जनाएको छ ।

यसैगरी, जलवायु जोखिम बीमा, लघुबीमामा डिजिटल प्रविधि अवलम्बन र समावेशी बीमाका क्षेत्रका आइपर्ने अवरोधहरु हटाउनेसम्बन्धी रणनीतिहरूलगायतका विषयमा सहभागीहरूबीच छलफल केन्द्रित हुनेछ ।

सम्मेलनका विभिन्न सत्रहरूमा जलवायु परिवर्तन र प्रकोप जोखिम वित्त व्यवस्थापन, बीमा क्षेत्रका चुनौती तथा अवसरहरू, बीमाको अन्तर र बीमाको पहुँच विस्तारमा डिजिटल प्रविधिको विकास एवम् अवलम्बन जस्ता मुख्य विषयहरूमा विभिन्न कार्यपत्र प्रस्तुतिका साथै कार्यपत्रहरूमाथि छलफल हुने कार्यक्रम पनि रहेको छ ।

सम्मेलनमा नेपाल लगायत विभिन्न देशका बीमा क्षेत्रका नियामक निकाय, विभिन्न निकाय, विकास साझेदार, गैरसरकारी संस्था र बीमा क्षेत्रका विज्ञहरू गरी चारसयभन्दा बढीको सहभागिता रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*