प्रभु इन्स्योरेन्सले बीमा अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गर्ने

६ कार्तिक २०८१, मंगलवार १४:५२

काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गर्ने भएको छ । कम्पनीको केन्द्रिय कार्यालय, तिनकुने काठमाडौँबाट भर्चुअल माध्यमबाट तालिम सञ्चालन हुने जनाएको छ ।

कम्पनीले एक सूचना गर्दै कात्तिक महिनाको २८ गतेदेखि ३० गतेसम्म तालिम सञ्चालन हुने जानकारी दिएको छ । त्यसपछि परीक्षा चाँही कात्तिक ३० गते बेलुका ५ बजेदेखि ६ बजेसम्मको अवधिमा हुने भएको छ ।

तालिममा सहभागि हुनको लागि न्यूनतम् एसएलसी वा सो सरह उत्तिर्ण गरेको हुनुपर्ने छ । उक्त तालिममा सहभागी हुनको लागि प्रतिव्यक्तिले ७ सय रुपैयाँ ग्लोबल आइएमई बैंकका रहेको सम्बन्धित खातामा जम्मा गर्नुपर्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*