मितेरी सहकारी घोटालाः धनराजको पूर्वपत्नी सहित दुई जनाविरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा पत्राचार

६ कार्तिक २०८१, मंगलवार १२:३६

काठमाडौँ। ललितपुर महानगरपालिका–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारीको ठुलो रकम अपचलनमा संलग्न रहेको आरोपमा ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध इन्टरपोलमा रेड नोटिस जारी गर्न पत्राचार गरिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) ले इन्टरपोलको महासचिवालयलाई पत्र पठाएको जनाएको छ।

मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अनुसन्धान सीआईबीले अघि बढाएको छ, जसमा सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले सीआईबीमा उजुरी दिएका थिए। अपचलनमा संलग्न पाइएको भन्दै कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी तथा सहकारीको प्रबन्ध निर्देशक ज्योति गुरुङमाथि कारबाहीको प्रक्रिया सुरु गरिएको हो।

बर्दिया घर भएका ज्योति भण्डारीले पनि सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको पाइएको छ। भण्डारी हाल कम्बोडियामा लुकेको आशंका गरिएको छ। सहकारीका सञ्चालकहरूले भण्डारीले ज्योति गुरुङबाट रकम लिएर पनि ऋण फिर्ता नगरेको जानकारी दिएका छन्।

यस घोटालामा संलग्न अन्य व्यक्तिहरूमा सुजन शाक्य, हितमान थापा, र प्रकाश यादव पनि रहेका छन्। उनीहरूमाथि १२ करोड ५१ लाख रुपैयाँ अपचलन गरेको आरोप लागेपछि अदालतबाट पक्राउ पुर्जी जारी भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*