नेशनल लाइफ : पेशागत बीमा अभिकर्ता संघको २१ सदस्यीय कोशी प्रदेश कमिटी गठन, अध्यक्षमा किशन शाही

६ कार्तिक २०८१, मंगलवार १२:०२

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले पेशागत बीमा अभिकर्ता संघको कोशी प्रदेश स्तरीय कमिटी गठन गरेको छ । कम्पनीको कोशी प्रदेश स्तरिय भेला सोमबार सुनसरीको इटहरीमा रहेको क्यान होटलमा सम्पन्न भएको हो ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा आवद्ध अभिकर्ताहरुको व्यावसायिक सुरक्षा हकहित र एकताको निम्ति देशैभरी सातै प्रदेशमा कमिटी विस्तार गर्ने संघको अभियान अन्र्तगत कोशी प्रदेशमा पहिलो पटक प्रदेश स्तरीय कमिटी गठन गरेका छन् ।

उक्त भेलाले किशन शाहीको संयोजकत्वमा २१ सदस्यीय कोशी प्रदेश कमिटी चयन गरेको छ । पेशागत बीमा अभिकर्ता संघ बिमक नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बरिष्ठ उपाध्यक्ष दिपा वलीको सभापतित्व एवं पेशागत बीमा अभिकर्ता संघका केन्द्रिय उपाध्यक्ष दिपक अर्यालको प्रमुख आतिथ्यतामा प्रदेश भेला सम्पन्न भएको कम्पनीले जनाएको छ ।

भेलाबाट एक महिला उपाध्यक्ष सहित तीन उपाध्यक्ष र एक महिला सहसचिव सहित ३ सहसचिव रहने विद्यानमा व्यवस्था भए बमोजिम २१ सदस्यीय समिति सर्बसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षहरुमा सुर्यवहादुर घिमिरे, युवराज डंगोल, महिला उपाध्यक्षमा एलिसा आले मगर, सचिव यम कुमार राई, सहसचिवमा ध्रुवकुमार अधिकारी, चन्दा रबिदास, केवी ठकुरी, कोषाध्यक्षमा देवेन्द्र प्रसाई चयन भएका छन् ।

सदस्यहरुमा जेवी राई, नारायण प्रसाल खरेल, धनवहादुर तामाङ, पूर्ण लिम्बू, सन्तवहादुर तामाङ,भोला साह, पवित्रा प्रसाई, भरत कडेल, सत्रुघन श्रेष्ठ, चित्रसेन राई, सुवास राई, कविता अर्याल चयन भएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*