एनएलजी इन्स्योरेन्सको विशेष सभा आज, ६२.५६% हकप्रद प्रस्ताव

७ कार्तिक २०८१, बुधबार ०६:२०

काठमाडौं । एनएजली इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारणसभा आज (कात्तिक ७ गते) बस्दैछ । सभा बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा बिहान साढे १० बजेदेखि शुरू हुनेछ ।

सभामा चुक्ता पूँजीको १० शेयर बराबर ६.२५६ शेयर अुनपात अर्थात् ६२.५६ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारितका लागि पेश गरिने योजना रहेको छ ।

विशेष सभा प्रयोजनार्थ कम्पनीले असोज २२ गते १ दिनका लागि बुक क्लोज गरिसकेको छ । यसका आधारमा असोज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीमात्रै सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*