तीन विकास बैंक र चार फाइनान्स कम्पनीलाई राष्ट्र बैंकको कारबाही, कुन कुन परे ?

६ कार्तिक २०८१, मंगलवार ११:०२

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय निर्देशन उल्लङ्घन गरेको भन्दै चालू आर्थिक वर्षको पहिलो त्रैमासमा तीन विकास बैंक र चार फाइनान्स कम्पनीलाई कारबाही गरेको छ। मितेरी डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, सिन्धु बिकास बैंक र रिलायन्स, प्रोग्रेसिभ, जानकी र गोर्खाज फाइनान्स कम्पनीलाई नियामकीय व्यवस्थामा चुक्दा कारबाहीको सामना गर्नु परेको हो।

मितेरी विकास बैंकले राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८० अन्तर्गत ब्याजदर सम्बन्धी इ।प्रा। निर्देशन नं. १५ को बुँदा नं. ९४० अनुसार तोकिएको ४.६० प्रतिशत अधिकतम ब्याजदर अन्तरको सीमा उल्लङ्घन गर्दै बढी ब्याजदर राखेको आरोप लागेको छ। यसैगरी, साल्पा विकास बैंकले पनि यही प्रावधान उल्लङ्घन गरेकाले बैंकका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरिएको छ।

जानकी फाइनान्सले नियामकीय प्रतिवेदन ढिलो पेश गरेको र वार्षिक साधारण सभा सम्पन्न गर्न ढिलाइ गरेको पाइएको छ। यसले विद्यमान कानूनी र नियामकीय व्यवस्थालाई उल्लङ्घन गरेकाले फाइनान्सका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ।

गोर्खाज फाइनान्सले संस्थाका सञ्चालक र कर्मचारीहरू वित्तीय स्वार्थ राख्ने ग्राहकहरूसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आर्थिक कारोबारमा संलग्न भएको देखिएको छ। राष्ट्र बैंकले यसलाई नियामकीय उल्लङ्घन मानेको छ। गोर्खाजका तत्कालीन अध्यक्ष र संस्थाका ऋणीहरूबीच पटक-पटक बैंकमार्फत् कारोबार भएको पाइएको छ, जसमा कर्मचारीहरू पनि संलग्न भएको उल्लेख गरिएको छ।

रिलायन्स फाइनान्सले चालू आर्थिक वर्षको अनिवार्य मौज्दात रकम कायम गर्न नसकेकाले राष्ट्र बैंकले ११ हजार २ सय २७ रुपैयाँ जरिवाना गराएको छ। राष्ट्र बैंकले बैंकिङ प्रणालीको विश्वसनीयता कायम राख्न र नियामकीय निर्देशन पालना गराउन यस किसिमको कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

NRB

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*