थ्रिस्टार हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

६ कार्तिक २०८१, मंगलवार १०:४८

काठमाडौँ । थ्रिस्टार हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको कात्तिक ५ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ४९ करोड २५ लाख रुपैयाँको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद शेयर निष्काशनबाट प्राप्त रकममध्ये ३४ करोड २५ लाख रुपैयाँ आयोजना निर्माणको लागि लिएको बैंकको ऋण तथा अन्य दायित्व भुक्तानी गर्ने छ ।

साथै, बाँकी रहेको रकम १५ करोड रुपैयाँ निको इनर्जी लिमिटेडद्वारा निर्माणाधिन माथिल्लो भुरुण्डी ए जलविद्युत आयोजना (९ मेगावाट) का लागि आवश्यक स्वपूँजीमा लगानी गर्ने छ ।

अब विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि हकप्रद निष्कासन प्रक्रिया अघि बढ्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*