मंगलबार सुनको मूल्य हालसम्मकै उच्च, अब प्रतितोला कति ?

६ कार्तिक २०८१, मंगलवार १०:३८

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले दिनप्रति दिन नयाँ रेकर्ड बनाएको छ । आज हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

सोमबारको नयाँ रेकर्डलाई तोड्दै सुन मंगलबार हालसम्मकै उच्च भएको हो । सुन आज तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य समेत तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार १०० रुपैयाँमा कारोबार भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*