एनएमबी बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

६ कार्तिक २०८१, मंगलवार १०:०७

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख २३ हजार ३२४ कित्ता शेयर बिक्रीमा राखेको हो।

यो शेयर संस्थापक बाहेकका अन्य व्यक्ति वा संस्थाले मात्रै खरीद गर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले आवश्यक पर्ने कागजात सहित ७ दिनभित्र काठमाडौंको बालुवाटारस्थित एनएमबी क्यापिटल लिमिटेडको कार्यालयमा निवेदन दिनु पर्नेछ । खरीदकर्ताले उल्लेखित सम्पूर्ण शेयर खरीद गर्नु पर्ने सूचनामा उल्लेख गरिएको छ ।

शेयर खरीदको निवेदन प्राप्त भएपछि बिक्रेता संस्थापकसँग समन्वय गरेर आपसी सहमतिमा मात्र शेयर खरीद बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ । यसअघि उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्र बिक्री खुला गरिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*