विन नेपाल लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा

६ कार्तिक २०८१, मंगलवार ०८:३२

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको २८ हजार ९२६ कित्ता शेयर बिक्रीमा राखेको हो ।

कम्पनीले यसअघि केही संस्थापकहरूको शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्री खुला गरेको थियो । तोकिएको म्यादसम्म आंशिक मात्र आवेदन परेपछि बाँकी रहेको उक्त शेयर अब आम सर्वसाधारणमा बिक्री गर्न पुनः बिक्री खुला गरेको जनाएको छ ।

सो शेयर किन्न इच्छुक लगानीकर्ताले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र काभ्रेपलाञ्चोकको साँगास्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । बिक्रीमा राखिएको शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*