पुरानो नगद लाभांश लिन हिमालयन एभरेष्टको आग्रह

६ कार्तिक २०८१, मंगलवार ०८:१९

काठमाडौं । हिमालयन एभरेष्ट लिमिटेडले पुरानो नगद लाभांश लिन बाँकी शेयरधनीहरूलाई लाभांश लिन आग्रह गरेको छ ।

साबिक हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सका केही शेयरधनीले हालसम्म पनि लाभांश नबुझेकाले ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेडमा सम्पर्क गरी लाभांश लिन आग्रह गरेको हो ।

सो अवधिभित्र पनि लाभांश नलिएको खण्डमा लाभांश कम्पनी ऐन अनुसार नेपाल सरकारको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*