लाभांश पारित गर्न हिमालयन क्यापिटलले बोलायो साधारणसभा

६ कार्तिक २०८१, मंगलवार ०७:५५

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले कात्तिक २८ गते आफ्नै रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सातौं वार्षिक साधारणसभा बोलाएको छ । सञ्चालक समितिले प्रस्ताव गरेको ७ प्रतिशत नगद लाभांश (कर सहित) पारित गर्न कम्पनीले सभा बोलाएको हो ।

सभाले रजिष्टर्ड कार्यालयको ठेगाना बदल्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकको नियुक्ति र भत्ता तथा अन्य सुविधाको विषयमा छलफल गर्ने प्रस्ताव पनि रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*