गौशाला धर्मशालाबारे अध्ययन गर्न ६ जनाको समिति गठन

५ कार्तिक २०८१, सोमबार २१:५६

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गौशाला धर्मशालाबारे अध्ययन गर्न समिति गठन गरेको छ ।गौशाला धर्मशालाका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा सोमबार ६ सदस्यीय समिति गठन गरिएको हो ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपससचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव, पुरातत्व विभागका उपसचिव र पर्यटन मन्त्रालयका संस्कृत शाखाका उपसचिव समितिको सदस्य छन् ।

‘उक्त समितिको कार्यदिश गौशाला÷धर्मशालाको स्थापनादेखिको अवस्थाको अध्ययन गर्ने, गौशाला धर्मशालाको आय व्ययको विवरण, लेखा परीक्षणको अवस्था, सम्पत्ति, दायित्व, निर्मित संरचना तथा गौशाला धर्मशालाबाट प्रवाह भएको सेवाको प्रकृति तथा अवस्थाको अध्ययन गर्ने, अदालतबाट विभिन्न समयमा भएका आदेश तथा फैसलाको कार्यान्वयनको अवस्था, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, सार्वजनिक लेखा समिति, महालेखा परीक्षकको प्रतिवेदन र विभिन्न समयमा गठन भएका समितिका प्रतिवेदन र मन्त्रालय तथा पशुपति क्षेत्र विकास कोष परिषद्का निर्णय तथा निर्देशन कार्यान्वयनको अवस्थाको अध्ययन गर्ने र गौशाला धर्मशाला रहेको जग्गाको स्वामित्वको अवस्थाका विषयमा अध्ययन गरी यथार्थ विवरण सहितको प्रतिवेदन तीस (३०) दिन भित्र सञ्चालक परिषद्का अध्यक्ष एवं मन्त्री समक्ष पेस गर्ने रहेको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*