आगामी वर्षदेखि स्नातक तहका सबै परीक्षामा नेपाली र अंग्रेजीमा प्रश्न सोध्ने त्रिविको निर्णय

५ कार्तिक २०८१, सोमबार १८:१७

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक वर्षदेखि स्नातक तहका परीक्षा प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्ने निर्णय गरेको छ। उक्त निर्णयअनुसार सबै सङ्कायहरूका स्नातक तहका प्रश्नपत्रहरू अब अङ्ग्रेजी र नेपाली दुवै भाषामा तयार गरिनेछ।

यो नयाँ व्यवस्था अनिवार्य रूपमा पहिलो वर्षको परीक्षा, विशेषगरी शिक्षा शास्त्र, मानविकी, व्यवस्थापन, र कानुन सङ्कायमा लागु हुनेछ। क्रमशः यो नियम दोस्रो, तेस्रो र चौथो वर्षमा पनि विस्तार गरिने जनाइएको छ। शिक्षा मन्त्री विद्या भट्टराईले उक्त कुरालाई सामाजिक सञ्जालमार्फत जानकारी दिँदै यो कदमले विद्यार्थीहरूलाई थप सहजता प्रदान गर्ने र परीक्षाको निष्पक्षतामा सुधार ल्याउने बताएकी छिन्।

त्रिभुवन विश्वविद्यालयको यो निर्णयले शिक्षाको गुणस्तरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*