बजार घट्दा समेत ६ विकास बैंकको मूल्यमा चमक, अन्य १० कम्पनीको अवस्था कस्तो ?

५ कार्तिक २०८१, सोमबार १८:०२

काठमाडौँ । पछिल्लो दुई दिन पुँजी बजार ओरालो लागेको छ । बजारमा देखिएको राताम्य सूचकले लगानीकर्तालाई निराश बनाएको हो ।

सोमबार अधिकांश कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । २२१ कम्पनीको शेयर मूल्य ओरालो लागेपनि आज ६ वटा विकास बैंकको बढेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १६ विकास बैंक मध्ये आज १० कम्पनीको मूल्य घट्दा ६ कम्पनीको बढेको छ । विकास बैंकको शेयर ९४.३७ अकंले घटेर ५१८९.२३ बिन्दुमा कायम भएको छ ।

सोमबार कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । आज कम्पनीको मूल्य ९.८२ प्रतिशतले बढेर ९१४.८ रुपैयाँ पुगेको छ । साथै, सप्तकोशी डेभलपमेन्ट बैंकको ३.५६ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको २.६६ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको १.७८ प्रतिशत, सिन्धु विकास बैंकको १.४५ प्रतिशत र एक्सल डेभलपमेन्ट बैंकको ०.६१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यसदिन सर्वाधिक मूल्य घट्ने विकास बैंकमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३.०९ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*