सबै बीमा कम्पनीको शेयरमूल्यमा गिरावट, कुनको कति ? (सूचीसहित)

५ कार्तिक २०८१, सोमबार १७:५३

काठमाडौँ । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक घटेसँगै बीमा समुहका सबै कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

लाइफ इन्स्योरेन्स इन्डेक्स आज २ दशमलव १५ प्रतिश अर्थात २८० दशमलव ७३ अंकले घटेर १२७७४ को बिन्दुमा कायम भएको छ । यस उपसूचकमा कारोबार भएका जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफको ३.५५ प्रतिशतले सबैभन्दा बढी शेयरमूल्य घटेको छ ।

त्यस्तै, आज सन नेपाल लाइफ, नेशनल लाइफ, सूर्यज्योति लाइफ, आइएर्म लाइफ लगायत सबै जीवन बीमा कम्पनीहरुको शेयरमूल्य राताम्मे बनेका छन् ।

सोमबार ननलाइफ इन्स्योरेन्स इन्डेक्स पनि १ दशमलव ७६ प्रतिशत अर्थात २२८ अंकले घटेर १२७६६ बिन्दुमा कायम भएको छ । यस उपसूचकमा कारोबार भैरहेका १२ वटै निर्जीवन बीमा कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

सलिको इन्स्योरेन्सको शेयरमूल्य ३ दशमलव १४ प्रतिशतले सर्वाधिक घटेको छ । साथै, शिखर इन्स्योरेन्सको २ दशमलव ८७ प्रतिशत, हिमालयन एभरेष्टको २ दशमलव ५१ प्रतिशतले र यी बाहेक सबै कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

हिमालयन रिइन्स्योरेन्स र नेपाल रि इन्स्योरेन्सको पनि शेयरमूल्य घटेको छ ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*