सानीमा हाइड्रोमा रोजगारीको अवसर

५ कार्तिक २०८१, सोमबार १६:०५

काठमाडौँ । सानीमा हाइड्रोले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।

कम्पनीले तीन जुनियर लेभलका ड्राफ्ट व्यक्ति र सिभिल इन्जिनियरको आवश्यकता रहेको जनाएको छ। आवश्यक योग्यता अनुसार, ड्राफ्ट व्यक्तिले इन्जिनियरिङको ड्राइङमा १–२ वर्षको अनुभव र सफ्टवेयरमा दक्षता हुनुपर्छ। सिभिल इन्जिनियरका लागि न्यूनतम स्नातक डिग्री र जलविद्युत परियोजनामा १–२ वर्षको अनुभव आवश्यक छ।

वरिष्ठ सिभिल इन्जिनियरको लागि स्नातकोत्तर डिग्री र ५ वर्षको अनुभव चाहिने कम्पनीले जनाएको छ । इच्छुक व्यक्तिहरूले कात्तिक २४ गते भित्र [email protected] मा आवेदन पठाउन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*