अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलन प्रि–कन्फ्रेन्स सेसनः जलवायु जोखिम बीमादेखि लघुबीमा र एक्चुरियलसम्मको छलफल

५ कार्तिक २०८१, सोमबार १५:०५

काठमाडौं । समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको पहिलो दिन प्रि– सेसनको कार्यक्रम काठमाडौंमा आजदेखि सुरु भएको छ। पहिलो दिन आज जलवायु जोखिमको बीमा देखि लघुबीमाको सम्भावना र एक्चुरीयलसम्मको छलफल भएको छ ।

नेपाल बीमक संघ, जीवन बीमक संघ , नेपाल लघुबीमक संघ र नेपाल बीमा प्राधिकरणले म्युनिख री फाउण्डेशन र माइक्रोबीमा नेटवर्कको सहकार्यमा सम्मेलन आयोजना गर्न आजदेखि काठमाडौंको याक एण्ड यतीमा सुरु भएको हो ।

पाँच दिनसम्म सञ्चालन हुने सम्मेलन अक्टोबर २५ तारिख (आइतबार) अन्त्य हुनेछ । कार्यक्रममा ५० भन्दा बढी देशका ४०० भन्दा बढी बीमा विज्ञ, बीमाकर्ता प्रतिनिधिहरू सहभागी भएका छन् । विभिन्न देशबाट नेपालमा आएका ४० देशका करिब तीन सय जना बीमा क्षेत्रसँग सम्बन्धी प्रतिनिधिहरु सहभागी भएका छन् ।

प्रि सेसन कार्यक्रमको पहिलो सेसनमा समावेशी बीमा परिचय कार्यशाला प्रस्तुत गरिएको थियो । जसमा समावेशी बीमाका प्रमुख चुनौतीहरु र अवसरहरुको बिषयमा छलफल गरिएको छ।

कार्यक्रमको होष्ट आइएलवो रहेको थियो । उक्त कन्फ्रेन्समा आएइलओका चार वक्ताहरुले समावेशी बीमा परिचय कार्यशालाको बिषयमा छलफल गरेको थियो ।

दोस्रो सेसनमा मूल्य निर्धारण स्वास्थ्य र जीवन बीमा उत्पादनहरू एक व्यावहारिक उपकरणको बिषयमा छलफल रहेको थियो ।जसमा चार जना वक्ताहरुले यस बिषयमा छलफल गरेका छन् भने एकजनाले सहजकर्ता भूमिका निर्वाह गरेका छन् ।जसमा लघुबीमा बजार न्यून आय भएका र कम सेवा नपुगेका जनताको जोखिम व्यवस्थापन गर्न बीमा समाधानको आवश्यकता भएको क्षेत्रको बिषयमा छलफल गरिएको थियो ।

बजार न्यून आय भएका र कम सेवा नपुगेका जनताबीच बीमाको बजार बढ्दो रहेको र त्यहाँ सीमित उपकरणहरू र वास्तविक विशेषज्ञता यस ठाउँमा लागू गर्न सके समावेशी रुपमा बीमा बजार अघि बढ्ने देखिएको निष्कर्ष निकालिएको थियो ।

त्यस्तै, विकासशील देशहरुमा एक्चुरियलको बिशेषज्ञता र यसै सेरोफेरोमा रहेर कुराकानी समेत गरिएको थियो । जलवायु जोखिम बीमा समाधानको परिदुश्य र कसरी जोखिम लचिलो हुन्छ भन्ने बिषयमा छलफल गरिएको थियो ।
युएनइपीद्धारा आयोजित कार्यक्रममा जलवायु स्मार्ट बीमाको ल्यान्डस्केप अध्ययनबाट अन्तदुष्टि प्रस्तुत गर्नेछ र यसको गतिबाट सिकेको पाठहरुको बिषयमा छलफल गर्ने भएको छ। यो सेसन आज साँझ ५ः ३० बजेसम्म चल्नेछ ।

जसमा पाँच वक्ताहरुले यस बिषयमा छलफल गर्नेछन् भने युएनइपी एफ–भी २० ले सस्टेनेबल इन्स्योरेन्स ग्लोबल कोडिनेटर ब्रान्डडन माथेवसले फ्यासिलिलेटरको गर्नेछन् ।अन्तिम सेसनमा डाटा संचालितको आधारहरुको बिषयमा छलफल गर्नेछ । जसमा फयासिलेटर तीनजना रहेको छ।

जसमा तीन सेसनमा वत्ताहरु छुटइएको छ। पहिलो सेसनमा दई जना वक्ताहरु रहेका छन् । दोस्रोमा तीनजना र तेस्रोमा तीनजना वक्ताहरु रहेका छन्। सो पश्चात् आजको प्रि– कन्फ्रेन्स सेसन कार्यक्रम सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*