बाढीपहिरो पीडितलाई माछापुच्छ्रे बैंकको २५ लाख सहयोग

५ कार्तिक २०८१, सोमबार १३:५६

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले बाढीपहिरो पीडितहरूको राहतका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त सहयोग गरेको हो ।

गत असोज ११ गतेदेखि शुरू भएर केही दिनसम्म चलेको अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएको थियो । यस प्रकारको विषम परिस्थितिको सामना गर्दै पीडितहरूको राहतका लागि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।

बैंकका अध्यक्ष रोशन केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ । उक्त सहयोग रकम हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समितिका सदस्यहरू तथा बैंक व्यवस्थापनका उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*