होन्डाले ल्यायो पहिलो ३०० सीसीको फ्लेक्स–फ्युल बाइक, मूल्य कति ?

५ कार्तिक २०८१, सोमबार १२:०५

काठमाडौं । हाेन्डा माेटरसाइकल र स्कुटर इण्डियाले आधिकारिक रूपमा नयाँ सीबी३००एफ(CB300F) फ्लेक्स-इन्धन बाइक सार्वजनिक गरेको छ । यो भारतकै पहिलो ३०० सीसी फ्लेक्स–फ्यूल मोटरसाइकल हो।

कम्पनीले बाइकको सार्वजनिकसँगै यसको आधिकारिक बुकिङ पनि सुरु गरिसकेको छ। जसको मूल्य एक लाख ७० हजार भारु (एक्स–शोरूम, दिल्ली) निर्धारण गरिएको छ।

यो बाइक पहिलो पटक गत भारत मोबिलिटी शोमा सार्वजनिक गरिएको थियो। सीबी३००एफ फ्लेक्स–फ्यूल बाइक भ्डछ इन्धनमा चल्नेछ, जसमा ८५ प्रतिशत इथेनोल र १५ प्रतिशत पेट्रोलको मिश्रण हुनेछ। फ्लेक्स–फ्यूल इन्जिन बाहेक, कम्पनीले बाइकमा अन्य कुनै परिवर्तन गरेको छैन। यस बाइकको लुक, डिजाइन र हार्डवेयर आदि पहिलेको जस्तै रहेको छ ।

कम्पनीले यस बाइकमा २९३.५ सीसी क्षमताको सिंगल सिलिन्डर आयल कुल्ड इन्जिन प्रयोग गरेको छ । यसले २४.५bhpको पावर र २५.९Nm को टर्क जेनेरेट गर्छ। यो इन्जिन ६ स्पीड ट्रान्समिसन गियरबक्ससँग जोडिएको छ । यो बाइकमा पहिले जस्तै डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल एलईडी इल्युमिनेशन रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*