विन नेपाल लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनको कति रुपैयाँले बढ्यो ?

५ कार्तिक २०८१, सोमबार १५:०७

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक आज ५७.९९ अंकले घटेर २६३९.९२ को विन्दुमा कायम भएको छ ।

शेयर बजार घटेसँगै आइतबारको तुलनामा कारोबार रकम पनि घटेको छ । सोमबार कारोबार भएका २३ वटा कम्पनीको मात्र शेयरमूल्य वृद्धि भएको छ ।

विन नेपाल लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य आज प्रतिकित्ता २६० रुपैयाँले बढेर २८६६ रुपैयाँ पुगेको छ ।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, कालिका लघुवित्त, पिपल्स हाइड्रोपावर, मानुषी लघुवित्त लगायतको शेयरमूल्य बृद्धि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*